Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पूर्व बैंकर रविना देशराजले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् । हिजो भ्यालेन्टाइन्स डेको अवसरमा उनले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् ।
रविनाले यसबारे इन्टाग्राम अकाउन्टमार्फत जानकारी दिएकी हुन् । उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’
मेगा बैंक छोडेको एक सातामै बैंकर रविनाले गत पुष १४ गते आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् । सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले एक साताअघि मात्र मेगा बैंकबाट राजीनामा दिएकी हुन् । उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन् । ‘रबिना अहिले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृत छाडेर बसेकी छिन् ।
रवीना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू हुन् । केही वर्ष अगाडि एक जना बैंकरसँग नजिकिएको भन्दै रवीनाका श्रीमानले डिभोर्स दिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij