
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । नेपाल भ्रमणमा रहेका दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग मङ्गलबार बिहान शिष्टाचार भेटवार्ता गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त भेट भएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगबारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारलाई दक्षिण कोरीयाले गर्दै आएको आर्थिक सहयोग तथा अन्य सहयोगका लागि धन्यवाद दिए । नेपाल सरकारसँगको सम्बन्धबारेमा विशेष दूतले पनि कोरियाली राष्ट्रपतिको सन्देश सुनाएको सचिवालयका सदस्यले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij