
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । ट्राफिक नियमविरुद्ध आन्दोलित बनेका यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् । उनीहरुले बालाजु चोकको सडकमा सवारी साधन तेर्साएर सडक अबरुद्ध गरेका हुन् ।
मजदुरहरुले बीच सडकमै सवारी साधन राखेर अवरोध गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ । बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध भएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।
ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरिएको हो । अहिले सो क्षेत्रको अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरी वृतले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij