Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुरमा घर भत्काउने क्रममा तीन तलाबाट खस्दा  एककाे मृत्यु 

ललितपुरमा घर भत्काउने क्रममा तीन तलाबाट खस्दा  एककाे मृत्यु 

  • ललितपुर । ललितपुरको सुनाकोठीमा तीन तलाबाट खस्दा एकको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा तीन तलाबाट खस्दा एक जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी (प्रवक्ता) प्रविण पोखरेलले जानकारी दिए। 

    images
    images
    images

    उनका अनुसार स्थानीय बाबुराम महर्जनको ३ तले कच्ची घर भत्काउने काम भइरहेको थियो। त्यही क्रममा बागमती गाउँपालिका-६ आश्राङ बस्ने ३५ वर्षीय विशाल मोक्तान माथिबाट खसेको एसपी पोखरेलले अनलाइन पत्रिकालाई बताए ।

    घर भत्काउने क्रममा खसेर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij