
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । निर्माता सुनिलकुमार थापाको फिल्म ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । जनकपुरको राममन्दिरबाट आजदेखि फिल्म भागवत् गीताको छायांकन सुरु भएको हो । उक्त फिल्ममा भागवत्को भूमिकामा नायक धीरज र गीताको भूमिकामा नायिका सुहाना थापाले अभिनय गर्दैछन् ।
सो क्षेत्रमा करिब २० दिन छायांकन हुने निर्मात टिमले जनाएको छ । सुटिङकै लागि कास्ट एण्ड क्रिउसहितको टोली जनकपुर पुगेको हाे । निर्माता थापाका अनुसार आज बिहान पूजाआजा गर्दै छायांकनको प्रारम्भ भएको हो । आज सार्वजनिक भएको तस्बिरमा सुहाना, धीरज, बिपिन कार्की, अनुरागमानसिंह कुवँर लगायतको कलाकारलाई देख्न सकिन्छ ।
फिल्मलाई झरना थापाले निर्देशन गर्दैछिन् । बिपिनले फिल्ममा पारालिंगी समुदायको एक क्यारेक्टरमा अभिनय गर्दैछन् । सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।
फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा सुहानाकै कम्पनी त्रिनेत्रम डिष्ट्रिब्यूसनले वितरण गर्दैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij