कविताः आत्मदाह अनि आत्महत्या...!
सायद ! उसको आमा बाबा थिएन होला
साथ दिन !
सायद ! उसको राम्रा १/२ जना साथी थिएन होला
आँढ, भरोसा र सल्लाह दिन !
जिन्दगीमा हन्डर नखाने मान्छे को होला र ?
फेलरको नहोला र ?
हारको प्रतिविम्ब नै जित हो ।
तर समय आउनुपर्छ ।
हरेक हारमा,
हरेक फेलरमा
अनि
हरेक टेन्सनमा
सबैले आत्मदाहा र आत्महत्या गर्ने हो भने,
सायद कोही बाँकी रहन्न होला ।
हामी पनि सयौं पटक मरिसक्थें होला !
आमा बाबा भएको भए
सम्झाउथ्यो
साथ दिन्थ्यो ।
राम्रा साथीहरू भएको भए,
ल तिमी हरेस नखाउ!
म छु भन्थे होला !
कायरता ! कसैको डिक्सनरीमा नहोस् !
सब समय हो !
समस्याको समाधान अवश्य हुन्छ...
मात्र
संघर्ष,
धैर्य !
अनि प्रतीक्षा...!
सबैको समय अवश्य बदलिन्छ नै !
-निलनकुमार थेच्वमि