
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले तेह्रथुम म्याङलुङ नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।
उनको ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू प्रहरीले बरामद गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij