
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । स्लोभाकिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको सुकेधारामा बस्दै आएकी लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ की ३९ वर्षीया मधुमाया थापा छन् ।
प्रहरीका अनुसार उनले एकजनालाई स्लोभाकिया पठाइदिने र सो बाफत नौ लाख रुपैयाँ लाग्ने बताएकी थिइन् । स्लोभाकिया पुगेपछि मासिक एक लाख ५० हजार रुपैयाँको जागिर दिलाइने प्रलोभनमा उनले पटक–पटक पीडितबाट आठ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ ।
वैदेशिक रोजगार विभागको पत्रका आधारमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सुकेधाराबाट पक्राउ गरेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij