
Apr 02 2025 | २०८१, चैत २० गते
बलिउडका बादशाह शाहरुख खान अभिनित पठानले छोटो समयमा सबैभन्दा बढी आम्दानी गरेको छ । पठानले अहिलेसम्म ८३२ करोडको ब्यापार गरेको छ ।
यशराज फिल्मसका अनुसार हिन्दी सिनेमाको इतिहासमा गत जनवरी २५ मा रिलिज भएको पठानले सबैभन्दा कम समयमा उक्त रकम संकलन गरेको रेकर्डसमेत कायम गरेको छ । उक्त फिल्ममा शाहरुख खानसँगै दिपिका पादुकोण, जोन अब्राहम लगायतको अभिनय रहेको छ ।
शाहरुखले पठानमार्फत बलिउडको बादशाहको छबिलाई थप उचाईमा लगेको बलिउडका फिल्म बिश्लेषकहरुले तर्क गरेका छन । बलिउडका चलचित्र समिक्षक तरुण आदर्शले उक्त फिल्मलाई ४.५ स्टार दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij