Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

पल शाहलाई झिकाउन उच्च अदालत आदेश

पल शाहलाई झिकाउन उच्च अदालत आदेश

  • काठमाडौं । उच्च अदालत पोखराले नायक पल शाहलाई १५ दिनभित्र झिकाउन आदेश जारी गरेको छ । सोमबार उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश जारी गरेको सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

    तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि जिल्ला अदालत नवलपुरमा रहेको मुद्दामा उच्च अदालतले १५ दिनभित्र झिकाउन आदेश दिएको उनले जानकारी दिए । तनहुँ कारागारमा रहेका शाहलाई जिल्ला अदालत नवलपुरले अढाइ वर्ष जेल सजाय तोकेको छ । तर, अदालतको फैसला विरुद्ध पल शाहका कानुन व्यवसायीले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।

    नवलपुरको गैँडाकोटस्थित एक होटलमा नाबालिगलाई बलात्कार गरेको अभियोगमा शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij