
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा बुझाएका नेताहरूले आज पत्रकार सम्मेलन गर्दैछन् ।
आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा तीन नेताहरूले पत्रकार सम्मेलन गर्न लागेका हुन् । सो पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा पाएका उपलब्धिहरूका बारेमा जानकारी गराइने बताइएको छ ।
आइतबार प्रधानमन्त्रीसमक्ष रास्वपाबाट राजीनामा दिएकाहरुमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी डा. तोसिमा कार्की रहेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij