Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

पाकिस्तानमा दुई जातीय समूहबीच झडप, पाँच जनाको मृत्यु

पाकिस्तानमा दुई जातीय समूहबीच झडप, पाँच जनाको मृत्यु

  • पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    images
    images
    images

    अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो । झडपमा दुबै समूहले स्वचालित हतियारको प्रयोग गरेका थिए । केही घण्टासम्म चलेको सशस्त्र झडपमा दुवै पक्षतर्फ हताहत भएको अधिकारीहरूले बताएका छन् ।

    सुरक्षाकर्मीले मृतक र घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने घटनामा सम्लग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij