Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पाकिस्तानमा डुंगा डुब्दा ५२ विद्यार्थीको मृत्यु

पाकिस्तानमा डुंगा डुब्दा ५२ विद्यार्थीको मृत्यु

  • काठमाडौं । उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुंगा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२  पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् । ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कुले केटाकेटी हुन्। उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए।

    images
    images
    images

    गोताखोरले  १६ जनालाई उद्धार गरेका थिए । उद्धारमा देशको जल तथा स्थलसेना परिचालन भएको थियो ।

    हराइरहेका दुई जना विद्यार्थीको अझै खोजी भइरहेको कोहाट जिल्लाका प्रहरी अधिकृत अब्दुल रफुर बाबर कुरेसीले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij