
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं। नेपाली राष्ट्रिय यू–२० महिला फुटबल टोली बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप ढाका प्रस्थान गरेको छ । च्याम्पियनसिप खेल्ने नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको हो । च्याम्पियनसिप फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । खेल फेब्रुअरी ३ मा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij