Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

अर्कैको नाममा लाइसेन्स ट्रायल दिने एकजना पक्राउ

अर्कैको नाममा लाइसेन्स ट्रायल दिने एकजना पक्राउ

  • काठमाडौँ । भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट अर्कैको नाममा मोटरसाइकलको लाइसेन्स ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

    images
    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले दोलखा गौरीशंकर गाउँपालिका-५ घर भई हाल भक्तपुर दधिकोट बस्ने वर्ष २३ को देवबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । गौरीशंकर गाउपालिका-५ बस्ने वर्ष २५ का युवराज खड्काको नाममा श्रेष्ठले दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिएका थिए । 

    परिसरका प्रमुख एसपी प्रजित केसीका अनुसार प्रहरी सहायक हवल्दार भुपेन्द्र कार्कीको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । परीक्षार्थी खड्कालाई पनि अनुसन्धान गर्न हिरासतमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij