
Apr 02 2025 | २०८१, चैत २० गते
दक्षिण भारतीय चर्चित अभिनेता सुधीर वर्माले ३३ वर्षको उमेरमा आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १० जनवरीमा उनले विष खाएर आत्महत्या गर्ने प्रयास गरेका थिए । उनले हैदराबादस्थित आफन्तको घरमा गएर विष सेवन गरेका थिए ।
विष खाएपछि उनलाई तुरुन्तै हैदरावादको उस्मानिया अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको २३ जनवरीमा उपचार क्रममा मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यामका अनुसार राम्रो भूमिका र काम नपाएका कारण सुधीर लामो समयदेखि डिप्रेसनमा थिए । जसका कारण उनले आत्महत्या गरेको बताइएको छ ।
तर, यसको आधिकारिक कारण भने खुल्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij