Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मानव बेचबिखन र बलात्कार आरोपित मनोज पाण्डे दोषी ठहर

मानव बेचबिखन र बलात्कार आरोपित मनोज पाण्डे दोषी ठहर

  • काठमाडौं । बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे दोषी ठहर भएका छन् । मङ्गलवार काठमाडौँ जिल्ला अदालतले पाण्डेलाई दोषी ठहर गरेको हो ।

    images
    images
    images

    काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मङ्गलवार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको हो । प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव बेचबिखनको छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । जसमध्ये बाल यौन दुरुपयोगमा पाण्डेलाई ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ ।

    त्यसै गरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भए पनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ ।

    मुलुकी फौजदारी कार्यविधि संहित अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्ने व्यवस्था छ । सोही अनुसार पाण्डेलाई मानव बेचबिखनको मुद्दामा सजाय निर्धारकका लागि माघ २३ को पेशी तोकिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij