Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

 ‘प्रसाद २’ को छायाङ्कन सकियो

 ‘प्रसाद २’ को छायाङ्कन सकियो

  • काठमाडौं । फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । नियमित ३१ दिनको छायाङ्कनपछि फिल्म सहिएको हो । निर्देशन सुदर्शन थापाले फिल्मको छायाङ्कन सकिएको जानकारी दिए ।

    images
    images
    images

    कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भएको फिल्म एस।जी फिल्मस् र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । सुदर्शन बस्नेतको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता सुवास थापा हुन् ।

    विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतको मुख्य भूमिका छ ।

    राजेश श्रेष्ठको छायाङ्कन, राजनराज सिवाकोटीको सङ्गीत रहेको फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । फिल्मको छायाङ्कन सकिएको दिन निर्माणपक्षले प्रदर्शन मिति समेत तय गरेको छ ।  २०८० सालको बैशाख १ गते रिलिज निर्देशक थापाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij