
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । निषेधित क्षेत्रमा उडेपछि संखुवासभामा हेलिकोप्टर र पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेनेरेटर लिएर काठमाडौंबाट उडेको अल्टिच्युट एयरको ९एन एएमएक्स हेलिकोप्टर र पाइलटलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जनाएका छन् ।
प्रहरीले पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएको छ । खाँदबारीमा चेकिङ नगराइ सिधै भोटखोला लगेर ल्यान्ड गरेको प्रशासनले खुलाएको छ । कारबाहीका लागि गृह मन्त्रालयलाई पत्र पठाइएको प्रजिअ यादवले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij