
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । ललितपुर महानगरपालिकाले योग विज्ञानमा अधिस्नातक (पीजीडी इन योग साइन्स) गर्न छात्रवृत्ति दिने भएको छ ।
त्रिभुवन विश्वविद्यालयका संस्कृत केन्द्रीय विभागबाट सञ्चालन हुने ‘योग विज्ञान अधिस्नातक’ अध्ययन गर्न ललितपुर महानगरपालिकाका सबै वडाका एक एक जनालाई छात्रवृत्ति दिने महानगरले जनाएको छ ।
ललितपुर नगर, स्वस्थ र सम्मुनत शहर’ कार्यक्रमको सञ्चालनको लागि वडामा योग शिविर र तालिम सञ्चालन गर्ने महानगरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले जनाएका छन् । अर्यालले महानगर र विश्वविद्यालय बीच भएको समझदारी अनुसार २९ वटै वडाबाट एक–एकजनालाई छात्रवृति दिन लागेको बताए ।
वडा कार्यालयले स्नातक तह उत्तीर्ण गरेका व्यक्तिको नाम महानगरसमक्ष सिफारिस गर्नेछ । एक वर्षमा दुई सेमेष्टरमा अध्ययन हुने योग विज्ञानका लागि लाग्ने पुरै शिक्षण शुल्क महानगरले व्यहोर्ने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij