
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । आज महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले शितलनिवासमा पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे उपस्थितिमा पोखरेलले कामु प्रधानन्यायाधीशबाट पद तथा गाेपनियताकाे शपथ लिएका हुन् ।
बुधबार राष्ट्रपति भण्डारीद्वारा नेपालको महान्यायाधिवक्ता पदमा उनी नियुक्त भएका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री दाहालको सिफारिसमा उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन् ।सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा महान्यायाधिवक्तालाई लिइने गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij