
Apr 22 2025 | २०८२, वैशाख ९ गते
दक्षिणी सुडानमा विगत चार दिनदेखि जारी जातीय द्वन्द्वमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मारिनेमा ५१ जना नुयर र पाँच जना अन्य समुदायका रहेका छन् ।
सुडानको पूर्वी जोङलेई राज्यमा नुयर समुदायका युवाले अर्को जातीय समूहमाथि आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको हो ।
सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भू –भागमा दशकौंदेखि गाईवस्तु र जमिनको विषयलाई लिएर जातीय द्वन्द्व हुने गरेको छ । द्वन्द्वका कारण हजारौं नागरिक बिस्थापित भइससकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij