Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माओवादी बागमती दलको बैठक पुस १५ मा बस्दै

माओवादी बागमती दलको बैठक पुस १५ मा बस्दै

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको बैठक पुस १५ गते काठमाडौं बस्ने भएको छ । सांसद सरल सहयात्री पौडेलले काठमाडौंको कुन स्थानमा बैठक बस्ने भन्ने विषयमा टुंगो लागि नसकेको बताए । सो बैठकबाट नेता चयन हुने भएको छ ।

    images
    images
    images

    सांसद पौडेल र शालिकराम जमरकट्टेलले दलको नेतामा दाबी गरेका छन् । पौडेलले सर्वसम्मत रुपमा दलको नेता चयन नभएमा चुनावी प्रतिस्पर्धा गर्ने भन्दै आएका छन् । पौडेलले दलको नेता नछोड्ने भएपछि चुनाव हुने सम्भावना रहेको छ ।

    मुख्यमन्त्री बन्न दलको नेता नै हुनुपर्ने भएकोले पौडेल र जमरकट्टेलबीच प्रतिस्पर्धा भईरहेको छ । बागमती प्रदेशमा माओवादीका २१ सांसद छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij