
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । राजधानीबाट प्रतिबन्धित लागूपदार्थ चरेससहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ घर भएका ६४ वर्षीय अल्कबहादुर तामाङ, धादिङको थाँक्रे गाउँपालिका–२ घर भएकी २७ वर्षीया स्यानी चेपाङ, २८ वर्षीया पम्फे चेपाङ र भारत घर भएर नागार्जुन बस्ने ६५ वर्षीया सारप ग्याल्तसेन हुन् ।
उनीहरूलाई काठमाडौँको नागार्जुन र चन्द्रागिरीबाट नियन्त्रणमा लिएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट ३३ किलो चरेस बरामद गरिएको छ ।
चन्द्रागिरि स्थित देउराली भन्ज्याङ घर भएका अल्कबहादुरको साथबाट १० किलो र भारतीय नागरिक सारपको डेराबाट २३ किलो बरामद गरिएको छ । स्यानी चेपाङ र पम्पे चेपाङले सो लागूऔषध धादिङबाट काठमाडौँसम्म ल्याएर दिएको ब्यूरोको अनुसन्धानबाट खुलेको छ । बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij