
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । सिरहामा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-७ फुलबरियामा मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् । थप उपचारको लागि मंगलम अस्पतालबाट फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij