Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ मा

नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ मा

  • काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ । सचिवालयका सहासचिव डा. भरतराज गौतमले प्रतिनिधिसभाका २७५ सांसदको शपथ पुस ७ गते दिउँसो १ बजे गर्ने निर्णय भएको जानकारी दिए । 

    images
    images
    images

    नवनिर्वाचित सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनेछन् । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन् । सांसदहरुको शपथ नयाँ बानेश्वस्थित संसद् भवनको प्रतिनिधिसभा बैठक कक्षमा हुने सचिवालयले जनाएको छ । 

    images

    प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण मातृभाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij