
Apr 12 2025 | २०८१, चैत ३० गते
उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उक्त जानकारी दिएको हो ।
जापानका उपविदेशमन्त्री तोशिरो इनोले उत्तर कोरियाले प्रहार गरेको ब्यालेस्टिक मिसाइल जापानको विशेष आर्थिक करिडोर बाहिर खसेको हुनसक्ने बताए ।
जापानी रक्षा मन्त्रालयका अनुसार यी क्षेप्यास्त्र ५५० किलोमिटर (३४२ माइल) को उचाइमा उडेका र २५० किलोमिटर (५३ माइल) को दूरी तय गरेका थिए।
हालसम्म कुनै क्षतिको खबर नआएको उप रक्षामन्त्रीले बताए । उत्तर कोरियाले बिहीबार उच्च थ्रस्ट ठोस इन्धन इन्जिनको पनि परीक्षण गरेको छ । विज्ञहरूका अनुसार यसले ब्यालेस्टिक मिसाइललाई छिटो प्रक्षेपण गर्न मद्दत गर्छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij