Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

निष्पक्ष चुनाव नभए पाकिस्तान डुब्छ : इमरान खान

निष्पक्ष चुनाव नभए पाकिस्तान डुब्छ : इमरान खान

  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देश डुब्न लागेको टिप्पणी गरेका छन् । पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)को सरकारहरूले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्न डिसेम्बर २३ मा आफ्ना विधानसभाहरू भंग गर्ने बताइरहेका बेला पूर्वप्रधानमन्त्री खानले देश डुब्न लागेको चेतावनी दिएका हुन् ।

    images
    images
    images

    ‘जबसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुँदैन, हामी सबैलाई देश (पाकिस्तान) डुब्ने डर छ’, पीटीआईका अध्यक्ष खानले पञ्जाबका मुख्यमन्त्री परवेज इलाही र खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानसँगको भिडियो सम्बोधनमा भने । 

    खानले स्वतन्त्र र निष्पक्ष निर्वाचन नै पाकिस्तानको समस्याको एकमात्र समाधान भएको बताए । सरकार हार्ने डरले नयाँ चुनावबाट ‘डराएको’ उनले आरोप लगाए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij