
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरपालिका वडा नं २८ र २९ हरिसिद्धिका साथै सो वडामा सञ्चालीत क्षतिज सेकेण्डरी बोर्डिन स्कुलको आयोजनामा मुलुकभरको संस्कृति तथा सम्पदा जगे्रणा गर्ने उद्देश्यका साथ चित्रकला प्रतियोगिता आयोजना भएको छ ।
वडा नं. २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले चित्रकला मार्फत बालबालिकाको मनोविज्ञान प्रस्फुटन हुने भएको सो कार्यक्रम निकै आवश्यक रहेको धारणा राख्नुभयो।
स्कुलका प्रधानाध्यापक भुवन महर्जनले मुलुकका मूर्त तथा अमूत सांस्कृतिक सम्पदा बारे बालबालिकाको के कस्तो बुझाइका साथै भावना रहेको छ भन्ने कुरा जान्नका लागि एक दिवसीय चित्रकला प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । सो कार्यक्रममा काठमाडौं उपत्यकाका २४ विद्यालयका विद्यार्थीले भाग लिइरहेका महर्जनको भनाइ रहेको छ ।
सो चित्रकला प्रतियोगितामा प्रथमका साथै दितीय र तृतिय हुन सफल भएका बालबालिकालाई विद्यालयले मुलुक बाहिर पनि चित्रकला आयोजना हुँदा पठाउन पहल गर्ने शिक्षक महर्जनले सुनाउनुभयो ।
ललितपुर नगर प्याबसनका अध्यक्ष हिरा महर्जनले चित्रकला मार्फत बालबालिकाको शिप बढ्ने धारणा राख्दै यस्ता कार्यक्रम अझ निकै जरुरी रहेको औल्याउनुभयो ।
सो चित्रकला प्रतियोगितामा ६२ बालबालिकाले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा बानेश्वर सुविधानगरको हिमालयन हवाइट हाउस स्कुलकी छात्रा नोरिस श्रेष्ठ प्रथम हुनुका साथै ग्वार्खुको आद्रर्श विध्यासदनकी छात्रा आरती चौधरी दितीय हुनुका साथै गोदावरीको डल्फिन सेकेण्डरी बोर्डिन स्कुलकका छात्र सन्देश रुम्बा तृतीय भएका छन् ।
वडा र विद्यालयको सहकार्यमा भएको सो कार्यक्रममा प्रथम हुनेले रु आठ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे भने दितीय हुनेले रु चार हजार र तृतिय हुनेले रु दुई हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा चित्रकलाको मुल्याङ्क भने चित्रकार अजय देशार लगायतका विज्ञले गर्नुभएको थियो ।
चित्रकार देशारले चित्रकला भनेको यस्तो विद्या हो जसले मनको कुरा दिमागमा राखेर चित्र मार्फत बाहिर प्रस्फुटन गर्ने कुरा उल्लेख गर्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij