Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आजको राशिफल 

आजको राशिफल 

  • मेष
    महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

    images
    images
    images

    वृष 
    आज राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

    मिथुन
    शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

    कर्कट 
    भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

    सिंह 
    आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुन सक्छ ।

    कन्या
    आज शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । भ्रमणको योग पनि छ ।

    तुला 
    आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

    वृश्चिक
    आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । रमाइलो यात्राको सम्भावना पनि रहेको छ ।

    धनु
    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ, साँझमा भने चिन्ता बढ्नसक्छ ।

    मकर
    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

    कुम्भ 
    आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । सोचेजतिका कामहरूमा विघ्नबाधा आउनसक्छ ।

    मीन
    ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij