
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । लागुऔषध सेवन गरी गाडी चलाउने पाँच जना चालकलाई प्रहरीले हिरासतमा लिएको छ । काठमाडौँको तार्केश्वर नगरपालिका ८ शेषमती पुलबाट शनिबार ५ जना चालकलाई लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गर्दा नियन्त्रणमा लिएको थियो ।
प्रहरी वृत्त बालाजुले उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिनको अनुमति लिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर र नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिएको थियो ।
लागुऔषध सेवन गरेर उनीहरुले गाडी चलाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij