Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी

  • काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल विजयी हुनु भएको छ । बिहीबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवालले ४२ हजार ७ सय ६१ मत पाई निर्वाचित हुनुभएको हो ।

    images
    images
    images

    उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९ सय ६८ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार ३ सय ३ मत पाउनु भएको छ ।

    सुवाल र गेलालबीचको मतान्तरमात्रै ३० हजार ७९३ मत छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २ सय ८३ मत पाउनु भएको छ ।

    २०७४ सालमा सुवालले ३३ हजार ७६ मत प्राप्त गर्नु भएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मत पाउनु भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij