
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । आगामी मंसिर ४ गते हुने चुनावको लागि भर्ती भएका म्यादी प्रहरी अहिले ट्राफिक प्रहरीको भूमिकामा देखिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि उपत्यका बाहिर ट्राफिक प्रहरीलाई खटाएको छ ।
काठमाडौँ उपत्यकामा जनशक्ति अभाव भएपछि जाम बढेको छ । यतिबेला म्यादी प्रहरी चोक चोकमा ट्राफिक प्रहरीको भूमिकामा छन् भने गस्ती गर्न टोल र चोकहरूमा पुग्ने गरेका छन् । चुनावको लागि एक लाख बढी म्यादी प्रहरी भर्ती भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij