Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

प्रसाईँ सुपर मार्केटमा आगलागी

प्रसाईँ सुपर मार्केटमा आगलागी

  • काठमाडौँ ।  झापाको बिर्तामोड-५ स्थित प्रसाईँ सुपर मार्केटमा आगलागी भएको छ । आगो करिब एक घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो आगलागीबाट राजकुमार बंशलको बंशल कपडा पसल पूर्ण रुपमा क्षति भएको छ । आगलागीबाट ठुलो क्षति हुन सक्ने डर हुँदा नेपाली सेनासमेत खटाइएको थियो । 

    images
    images
    images

    नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, बिर्तामोड, मेचीनगर, कमल, कनकाई र भद्रपुरको दमकल समेतको प्रयासबाट आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपीले जानकारी दिए । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । विद्युत् सर्ट भएर सो आगलागी भएको आशङ्का गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij