
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ को घरदैलो कार्यक्रममा अभिनेत्री मनीषा कोइराला सहभागी भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रवीन्द्र मिश्रको पक्षमा उनी मतदातासँग भोट माग्दै घरदैलो कार्यक्रममा सहभागी भएकी हुन् ।
उनी पछिल्लो समय राप्रपाका उमेदवारहरूलाई जिताउन आग्रह गर्दै राप्रपाका चुनावी सभाहरूमा सहभागी भइरहेकी छन् । मिश्र काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका हुन् । काठमाडौं–१ मा मिश्र, सिंहलगायत उमेदवार चुनावी मैदानमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij