Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आर्सनललाई ५ अंकको अग्रता

आर्सनललाई ५ अंकको अग्रता

  • आर्सनलले उल्भ्समाथि २-० को जितसहित इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ । शनिबार सम्पन्न खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ को नतिजा सुम्पिएसँगै आर्सनलसामु अग्रता बढाउने अवसर जुरेको थियो । माइकल अर्टेटाको टोली सो अवसरको सदुपयोग गर्न सफल भयो ।

    images
    images
    images

    ५५औँ मिनेटमा मार्टिन ओडीगार्डले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । ७५औँ मिनेटमा ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए । आर्सनल १४ खेलमा ३७ अंकसहित शीर्ष स्थानमा छ ।

    जुन दोस्रो स्थानको सिटीभन्दा ५ अंक बढी हो । जारी सिजन आर्सनल प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्ने क्रममा १३ मध्ये १४ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । एक खेलमा भने आर्सनल पराजित भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij