
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको सुनाचुरीमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७९४३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३००३ प४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ नयाँबस्तीका २९ बर्षीय अबिनास गोले रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस चालक हेटौंडा-१९ नेवारपानीका ५१ बर्षीय मदनकुमार गोले प्रहरीको सम्पर्कमा आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij