
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रहरीलाई दुव्र्यवहार गरेको अभियोगमा बुधबार राति एक जना पक्राउ परेका छन् । प्रहरीले पाल्पा तानसेन नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ वीरेन्द्रचोक बस्दै आएका ४५ वर्षीय सरोज कार्कीलाई पक्राउ गरेको जनाइएको छ ।
काठमाडौं महानगरपालिका–३२ साईरामचोकस्थित एक होटलमा मादक पदार्थ सेवन गरी होटल सञ्चालकलाई अश्लिल गाली गलौज र दुव्र्यवहार गर्नुका साथै होटल तोडफोड गरेको अभियोगमा कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले कार्कीलाई सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोलीमाथि नै हातपात गर्नुको साथै प्रहरीको गाडीमा समेत क्षति पुर्याएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij