
Apr 22 2025 | २०८२, वैशाख ९ गते
भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयौँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ ।
पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।
यस्तै, प्रधानमन्त्री राहत कोषबाट पनि ज्यान गुमाएकाका परवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा भएको खबरमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij