
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष वामदेव क्षेत्री चढेको सरकारी गाडीले राजमार्गमा रहेको जेब्रा क्रसिङमा सर्वसाधारणलाई ठक्कर दिएको छ ।
क्षेत्री चढेको बा२ झ ३०८५ नम्बरको गाडीले बुटवल भैरहवाको सिद्धार्थ राजमार्गको ड्राइभरटोलस्थित जेब्रा क्रसिङमा तिलोत्तमा ५ का छविलाल अधिकारीलाई ठक्कर दिएर घाइते बनाएको थियो । घाइते अधिकारी भएपछि उपचार गर्न लैजानुको साटो क्षेत्रीले गाडीबाट झरेर आफूलाई भैरहवा जान हतार भएको भन्दै झपारेको पीडित अधिकारीले बताएका छन्।
अहिले उनको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । ग्रिनसिग्नल देखिएपछि बाटो काटेको अवस्थामा सो गाडीले ठक्कर दिएको र उल्टै आफू सरकारी मान्छे भएकाले उपचार गरेर बिल ल्याउन भन्दै थर्काएको उनका आफन्तले जनाएका छन् ।
प्रहरीले क्षेत्रीको दबाबमा सीसीटिभी फुटेजसमेत नदेखाएको र उपचार पनि नगरेको अधिकारीले बताए । घटना सामान्य भएको, घटनापछि उपचारका लागि स्थानीयलाई जिम्मा लगाएको योजना आयोगका उपाध्यक्ष क्षेत्रीले दाबी गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij