
Jun 10 2025 | २०८२, जेठ २७ गते
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै माइतीघर मण्डलामा आज पनि संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् ।
नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी), नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी नेपालनिकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन संयुक्त विरोध प्रदर्शनमा सहभागी छन् ।
प्रदर्शनमा सहभागीले ‘नाम उसको विद्या, संविधानलाई सिध्या’ लगायतका नारा लगाएका छन् । असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम गर्ने संयुक्त विद्यार्थी संगठनले बताएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij