
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा बिच भेटवार्ता भएको छ । सोमबार जंगी अड्डामा दुई देशका सैनिक प्रमुखको बिचमा भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सोमबार भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि घोषणा हुनेछ । सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । सो समारोह शीतल निवासमा हुनेछ ।
नेपाल र भारतबीच १९५१ देखी एकअर्का देशका सेना प्रमुखलाई मानार्थ सैनिक प्रमुखको दर्जा प्रदान गर्ने चलन छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो मानार्थ महारथीको सम्मान लिएका थिए । पाण्डे नेपाली सेनाको महारथी पाउने १९ औँ भारतीय सेना प्रमुख हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij