
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि गाली गर्नेविरूद्ध पक्राउ पूर्जी जारी गरी मुद्दा चलाउने चेतावनी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएका छन् । उनले फेसबुक पोस्टमा लेखेका छन्, “फेसबुकमा गाली गलौज गर्ने जतीलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गरिनेछ ! अनि मानहानी र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !”
त्यसैगरी उनले अर्को पोस्टमा लेखेका छन्, “विरोध गर्न लोकतन्त्रमा पाइन्छ ! तर्क सहितको विरोध र बहसलाई मैले सदैव धन्यवाद दिँदै आएकै छु, तर तल्लोस्तरको शब्द प्रयोग गरेर गाली गर्ने छुट कसैलाई छैन ! पत्ता लगाएर जेल हाल्न नपरोस !”
त्यसपछि उनले आफ्ना विरोधीहरूलाई ‘विरोध जारी राख ! म चाहिँ हिँडे डुंगा बोक्न र गिट्टी कुट्न’ भन्दै अर्को पोस्ट लेखेका छन् । आफू विरूद्द सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गर्नेको संख्या बढेपछि उनले यस्तो चेतावनी दिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij