Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आजको राशिफल

आजको राशिफल

  • मेष 
    मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ ।

    images
    images
    images

    वृष 
    आज शुभ समाचार सुन्न पाइनेछ । मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ ।

    मिथुन
    आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।

    कर्कट
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

    सिंह
    आज अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

    कन्या
    रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

    तुला
    आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ, तर आफन्तको सहयोग र धन हात पार्न पनि सक्छ ।

    वृश्चिक 
    आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले अनुहारमा कान्ति पनि छाउनेछ ।

    धनु
    आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    मकर
    मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । लगानी गर्ने समय पनि छ ।

    कुम्भ 
    आज स्वास्थ्यमा समस्या आउनसक्छ, स्वास्थ्य प्रति सचेत रहनु पर्छ, तर तीर्थाटनको योग छ । साँझमा शुभ र नयाँ समाचार पनि पाइनेछ ।

    मीन 
    लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij