Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

    images
    images
    images

    संघीय संसदको दुवै सदनबाट पारित भई आएका नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र विधेयक ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij