
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा ४९.१७ अंकले बढेको छ । कारोबारका १२ उपसमुहमध्ये नेप्से करिब ५० अंकले बढ्दा पनि दुई उपसमुह भने रातोमै कायम रहेका छन् । होटल सेक्टर १९.२८ प्रतिशत र विकास बैंक ०.७५ प्रतिशतले घटेका हुन् ।
कारोबारको अन्तिम समय सम्म कारोबारमा आएका २०८ कम्पनिको ९९ लाख १० हजार ३ कित्ता शेयर ३९ हजार ९३५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार बराबरको कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij