
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ।
यससँगै तीन खेलको शृंखलामा १-० ले अघि रह्यो। १९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो । भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले ४० ओभर ३ बलमा सबै विकेट गुमाउदै १८९ रन बनायो। कप्तान रिगिस चाकाभाले ३५ तथा रिचार्ड नगाभाले ३४ रन बनाए । भारतका लागि दीपक चाहर, प्रसिद्ध कृष्णा तथा अक्षर पटेलले समान तीन विकेट लिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij