
Apr 22 2025 | २०८२, वैशाख ९ गते
भारतमा जम्मुको सिद्रा क्षेत्रमा एकै परिवारका ६ जना सदस्य आफ्नै घरमा मृत फेला परेका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा सकीना बेगम, उनका दुई छोरी नसिमा अख्तर र रुबिना बानो, छोरा जफर सलीम र अन्य दुई नातेदार नूर-उल-हबीब र सज्जाद अहमद छन्।
एक घरमा दुई जनाको शव भेटिएको थियो भने बाँकी ४ जनाको शव अर्को घरमा भेटिएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सबै शव जम्मुको सरकारी मेडिकल कलेजमा पठाइएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij