Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पाकिस्तान १६ रनले विजयी

पाकिस्तान १६ रनले विजयी

  • नेदरल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा पाकिस्तान १६ रनले विजयी भएको छ । योसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १० को अग्रता बनाएको छ ।

    images
    images
    images

    मंगलबार राति  पाकिस्तानले दिएको ३१५ रनको लक्ष्य नेदरल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्र बनाउन सक्यो। नेदरल्यान्डका  स्कट एडवार्डले सर्वाधिक ७१ रन बनाए ।

    यस्तै,बिक्रमजित सिंह र टम कपुरले समान ६५ रनको योगदान गरे । पाकिस्तानका  हरिस राउफ तथा नसिम शाहले समान तीन विकेट लिए ।

     पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनायो । यसका फकर जमानले  सर्वाधिक १०९ रन बनाए । यस्तै, कप्तान बाबर अजामले ७४ रन र सादाव खानले अविजित ४८ को योगदान गरे ।  नेदरल्यान्डका  लोगान भान विक तथा बास डि लिडीले समान दुई विकेट लिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij