
Apr 19 2025 | २०८२, वैशाख ६ गते
रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वको गाडी दुर्घटनामा परेको छ । लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान अन्दाजी १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए ।
घाइतेमध्ये एक जना जवान गम्भीर घाइते रहेको र सबै घाइतेको उद्धारका लागि हेलिकोप्टर आइरहेको प्रजिअ सुनुवारले जानकारी दिए । तस्वीर : ईकान्तिपुर
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij